पशुपती नाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

५ years अगाडी teraibulletin

पशुपती नाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस

वि.सं.२०७७ साल वैशाख २८ गते

 आइतबार । ईश्वी सन् २०२० मे १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– तृतीया,१५ घडी ४७ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– ज्येष्ठा,०८ घडी ०२ पला,बिहान ०८ बजेर ३३ मिनेट उप्रान्त मूल । योग– शिव,१२ घडी १४ पला,बिहान १० बजेर १४ मिनेट उप्रान्त सिद्ध । करण– भद्रा,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त बालव । आनन्दादिमा– काण योग । चन्द्रराशि–वृश्चिक,बिहान ०८ बजेर ३३ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २५ पला।

आजको राशिफल :

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्य विग्रन सक्छ, सचेत रहनु होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) स्व ईच्छाको भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज रोकिएका र अधूरा कार्य पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज प्रेमीको सहयोग पाईनेछ । नजिकको आफन्त र मित्रसँग प्रविधि मार्फत भेटघाट हुनेछ । साथै सफल नयाँ योजन पनि देखिन्छन् ।

वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) केही मानसिक दबाब भए तापनि स्वास्थ्य राम्रो हुनेछ। तपाईंले प्रियजनहरूसँग तर्क हुन सक्ने विवादास्पद मुद्दाहरू ननिकाल्नुहोस्। गलत सञ्चार वा सन्देशले तपाईंलाई आज नीरस बनाउन सक्छ। तपाईंको जोडीले आज तपाईंलाई केही हानि पुर्याउन सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट गरेको कार्यमा वाधा आइपर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा विशेष बढ्ने र सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?