काठमाण्डौ २८ बैशाख- प्रहरीमाथी गत वैशाख २७ गते शुक्रबार काठमाण्डौमा हातपात गर्ने चिनिया नागरिकलाइ आज(आइतबार) मुद्दा चलाईने भएको छ l उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी रहेको काठमाण्डौका प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठोरले जानकारी दिए।
शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा उनीहरुले हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चारजना प्रहरी घाइते भएका थिए । शुक्रबार नै पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको र बाँकी ४३ जनालाई भने छाडिएको उनले पताएका छन ।
अन्तिम अपडेट:२०७७/ बैशाख २८ आइतबार