काठमाडौं । संसदमा आजबाट बजेट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ ।आजको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने छन् ।
प्रतिनिधिसभाको बैठक ११ र राष्ट्रिय सभाको बैठक १ बजे बस्ने भएको छ । तीन दिनसम्म हुने यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ ।
नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रिबजेट छलफल गर्न लागिएको हो ।
सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७र७८ को बजेट पेश हुने छ ।