विराटनगर २८ बैशाख-जिल्ला प्रहरी कार्यालय मोरङको बालिका बलत्कार गरी फरार रहेको युवकलाइ पक्राऊ गरी सार्बजनिक गरेको छ l पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २१ वर्षीय धिरेन मगर रहेका छन्।
मगर वैशाख १९ गते राति १४ वर्षीया दलित बालिकालाई बलात्कार गररी फरार रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन l राति घरमै सुतिरहेका बेला पुगेका मगरले बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।आफूमाथि बलात्कार हुन थालेपछि बालिकाले होहल्ला गरेको र मगर त्यहीँबाट फरार बनेको राईले बताए।
सुतिरहेका बेला पुगेका मगरले बलात्कार गर्न थालेपछि बालिका चिच्याएर होहल्ला गर्न थालिछन्,’उनले भने,‘ब्यूँझिएर अभिभावक बालिकाको कोठामा पुग्दा घटनामा संलग्न फरार बनिसकेका थिए।’ फरार रहेका मगरलाई आइतबार मधुमल्लाबाट पक्राउ गरिएको डीएसपी राईले जानकारी दिए।
बालिकाको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोसी अस्पतालमा गरिएको थियो। परीक्षण रिपोर्टले बालिका बलात्कृत भएको देखाएको डीएसपी राईले बताए। पक्राउ परेका मगरविरुद्ध जवरजस्ती करणी मुद्दा चलाइ अनुसन्धान थालिएको उनको भनाइ छ।
अन्तिम अपडेट:२०७७/ बैशाख २८ आइतबार