किसानको समस्याबारे नेकपाको नेता यादव र कृषिमन्त्री भुसालबिच छलफल सम्पन्न

५ years अगाडी teraibulletin

किसानको समस्याबारे नेकपाको नेता यादव र कृषिमन्त्री भुसालबिच छलफल सम्पन्न

पर्सा २८ बैशाख –नेकपा पर्साका नेता एवम संविधानसभा सदस्य बिचारी यादवले आज बारा,पर्सा,रौतहट,लगायत मध्यतराईकोको किसानलाइ परेको सस्याको बारेमा नेपाल सरकारको कृषि मन्त्रालयलाइ औगत गराउनु भएको छ l

कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनबाट प्रभाबित भएका किसानको समस्या लिएर  संविधानसभा सदस्य यादले कृषि बिकास मन्त्री घनश्याम भुसाल संग भेटेर छलफल गर्नु भएको छ l  उहाले लकडाउनको प्रभावले कृषकको तरकारी खेतमा नै कुहिने गरेको मन्त्री घुसाललाइ बताउदै यसको पनी निराकरण गर्ने तर्फ पनी सरकारको ध्यान जानू आवश्यक रहेको बताउनुभयो l

कृषि मन्त्रालयमा आज मन्त्री भुसाल संग भेट गर्दै नेता यादवले रोपाईको सिजनमा कृषकहरुलाई मलको अभाव हुने गरेकोले त्यसको समाधानको लागि बिशेष कदम चाल्न आग्रह गएका छन । यादवले उन्नत जाँतको बिउ अभाव र समयमै मल उपलब्ध नहुदाँ कृषकहरुलाई खेती गर्न समस्या हुने गरेका छन ।

यादवले कारोना भाईरसका कारण जारी लक डाउनले कृषि क्षेत्र पनि धेरैनै प्रभावित भएको ले किसानको व्याज मिनाह लगायत बिशेष प्याकेज मार्फत राहत उपलब्ध गराउन माँग गरका छन । जवाफमा मन्त्री भुसालले कृषि क्षेत्रमा बिद्यमान समस्या समाधानको लागि आफुले गृहकार्य गरिरहेको बताएका छन ।

मलको अभाव हुन नदिन सरकारले काम गरिरहेको बताए । कारोना भाईरसका कारण प्रभाबित किसानहरुलाई राहत उपलब्ध गराईने र सरकारले त्यसका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

यसैगरी नेता यादवले आजै गृहमन्त्री रामबहादुर थापा बादल संग पनि भेटघाट गरी जिल्लाको शान्ति सुरक्षाबारे चासो राखेका थिए । पर्सा जिल्ला संवेदशिल जिल्ला भएकोले बिशेष सर्तकता जरुरी रहेको र तस्कारी, सिमा सुरक्षाको बिषय छलफल भएको यादवले तराई खबरलाइ जानकारी गराएका हूँन।

अन्तिम अपडेट:२०७७/ बैशाख २८ आइतबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?