लकडाउनमा सुन चोर्ने त्यो सुन किन्ने तीन जना पक्राउ।

५ years अगाडी teraibulletin

लकडाउनमा सुन चोर्ने  त्यो सुन किन्ने तीन जना   पक्राउ।

काठमाडौ । लकडाउनको बेला कैलालीमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका ७ का ४५ वर्षीया रेखा बिकको घरमा चोरी गर्ने र उक्त चोरीको सामान किन्ने पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले शनिबार धनगढीको बेताल आरती सुनचाँदी पसलका सञ्चालक तथा चोरी गरेको आरोपमा अन्य दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पसल सञ्चालक २३ वर्षीय सुजल खनाल, ‍२८ वर्षीय श्याम जोशी र २८ वर्षीय पंकज घिमिरे छन्। बिकको घरमा वैशाख ६ गते चोरी भएको थियो। उनको दराजबाट दुइटा सुनको तिलहरी, सुनको बाला, मोबाइल र २० हजार नगद चोरी भएको थियो।

प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?