भारतमा एकैदिन ४ हजार ३ सयमा कोरोना संक्रमित थपिए,ज्यान गुमाउनेको संख्या २२ सय

५ years अगाडी teraibulletin

भारतमा एकैदिन ४ हजार ३ सयमा कोरोना संक्रमित थपिए,ज्यान गुमाउनेको संख्या २२ सय

काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यो एकै दिन फेला पर्नेमा हालसम्मकै धैरै हो ।

आइतबार भारतमा कोरोना ४ हजार ३५३ नयाँ संक्रमित फेला परेका छन् । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार पनि त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २१२ पुगेको छ ।

आइतबार त्यहाँ कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ । शनिबार ११६ जनाको ज्यान गएको थियो । पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्या १ सय हाराहारी वा सोभन्दा बढी देखिँदै आएको भारतमा दैनिक ३ हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका थिए । तर आइतबार भने नयाँ संक्रमित ४ हजारमाथि पुगेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?