पर्सा प्रहरीको ज्यादती बिरुद्द:पत्रकारहरू धरनामा जिल्ला प्रहरी कार्यलय पर्साको समाचार बहिष्कार

५ years अगाडी teraibulletin

पर्सा प्रहरीको ज्यादती बिरुद्द:पत्रकारहरू धरनामा जिल्ला प्रहरी कार्यलय पर्साको समाचार बहिष्कार

बीरगन्ज, २९ बैशाख – पर्सा प्रहरीले संचारकर्मी संग गरेको दुर्व्यवहार र प्रहरीको बढ्दै गएको ज्यादती र अत्याचारको बिरुद्धमा आज बिहान आठ बजे पर्साका पत्रकारले प्रदर्शन गरेका छन l सामुदायिक रेडिओ नारायणी ऍफ़.एम् का सहकर्मी र नया पत्रिकाको पर्सा संवाददाता तिवारी यादव संग गरेको दुर्व्यवहारको बिरुद्धमा पर्साका पत्रकारले आज बिरोद्ध प्रदर्शन गरेका छन l

नेपाल पत्रकार महासंघको आवहनमा पत्रकारहरुले आज बिहान ८ बजे बीरगन्जको घण्टाघरमा भेला भई धर्ना शुरु गरेका थिए ।धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले घटनाको निष्पक्ष छानविन गरी दोषी प्रहरीलाई कारवाही गरिएन प्रहरी मेरो साथी जस्ता नारा खोक्रो सावित हुने बताएका छन l उनले भने पर्सा प्रहरीको यो कार्यले सम्पूर्ण संचारकर्मिलाई संकुचित पार्न खोजिएको भनेका छन ।

अध्यक्ष चौहान भन्छन -राजा ज्ञानेन्द्रलाई फ्याँक्नेदेखि लिएर प्रेसलाई देखिनस्कने विभिन्न सन्चारमन्त्रीलाई समेत घुँडा टेकाउने प्रेसको हैसियतलाई नबुझेको पर्सा प्रहरीको बेलैमा चेत खुलोस् भन्ने अध्यक्ष चौहानले सुझावसमेत दिएका छन ।यसै गरी विरोद्ध कार्यक्रमलाइ संबोधन गर्दै नेपाल पत्रकार माहासंघ पर्सा शाखाका अध्यक्ष श्याम बंजाराले भने -पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही नगरिन्जेलसम्म आन्दोलन जारी रहने उने बताएका छन ।

स्वास्थ्यकर्मी, बैंक कर्मचारी, व्यसायी र सन्चारकर्मीलाई समेत अन्यन्तै निन्दनीय ढंगबाट पर्सा प्रहरीले व्यवहार प्रदर्शन गरिरहेको भन्दै अध्यक्ष बन्जाराले भन्दै  प्रहरीको दुर्व्यवहारको विरोधमा बाध्य भएर पत्रकारहरु बाहिर धर्नामा निस्कनु परेको बताएका छन l उनले -सन्चारकर्मी मात्र होइन, सम्पूर्ण बीरगन्जेली नागरिक, बुद्धिजीवी, व्यवसायी लगायतका सम्पूर्णलाई पर्सा प्रहरीको सबै खाले ज्यादती विरुद्ध बाहिर आउन अध्यक्ष बन्जारले आवहान गरेका छन । संवादबाट महासंघ पछि नहट्ने भन्दै पर्सा प्रहरीको हिजो दुर्व्यवहारले मिडियालाई संकुचित बनाउने प्रयासको पुष्टि भएको अध्यक्ष बन्जाराको ठहर छ l

माथिल्लो निकायको निर्देशनमा पर्सा प्रहरीले दुव्र्यवहारको बारे एक शब्द पनि नबोलेको भन्दै अध्यक्ष बन्जाराले यस विरुद्ध सबै पत्रकारले भण्डाफोर अभियान सन्चालन गर्नु पर्ने आवहान गरेका छन । पर्सा प्रहरीका हरेक नकरात्मक कुराहरुलाई बाहिर उजागर गर्ने गरी काम गर्न सम्पूर्ण पत्रकारहरुसँग अध्यक्ष बन्जाराले आग्रह गरे  ।

आन्दोलनको शुरुवात भइसकेको हुनाले एकताबद्ध भई पर्सा प्रहरीको विरुद्धको चरणबद्ध आन्दोलनमा होमिन सबैलाई आग्रह आग्रह समेत उनले गरेका छन  ।धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठनका अध्यक्ष निरज पिटाकोटे लगायतका पत्रकारको उपस्थिति रहेको थियो । यसै बिच उता बारामा समेत पत्रकार पवन यादवलाइ अज्ञात समूहले हातपात गरेका छन l हातपात गर्ने समुहलाइ खोजने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l

एता पत्रकार माहासंघ पर्साले प्रहरीको ज्यादती बढ्यो भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको सम्पूर्ण समाचार बहिष्कार समेत गरेको छ l

 अन्तिम अपडेट:२०७७/ बैशाख २९ सोमबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?