पर्सा २९ बैशाख –नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l मन्त्रालयले सप्तारीको डाकनेश्वरीमा एकाजा नया संक्रमित फेला परेको सुचना मार्फ़त जनाएको छ l बी.पि.कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिर प्रबिधिबाट परिक्षणको क्रममा कोरोना पोजेति देखिएको मन्त्रालयले जनाएको छ l मन्त्रालयको अनुसार संक्रमित ब्यक्ति डाकनेश्वरी नगरपालिका वडा न:-३ निवासी १८ बर्षीय पुरुष रहेका छन l उनको पनी स्वास्थ्य अवस्था सामान्य रहेको र ऊनि अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन l
यस अघि आज नै कपिलवस्तुमा १० कोरोना संक्रमित देखिएका थिए ।मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको हो।कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य भएको र उनीहरु पनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।
अन्तिम अपडेट:२०७७/ बैशाख २९ सोमबार