सांकेतिक:तस्बिर
पर्सा,२९ बैशाख-बाराका पत्रकार पवन यादवलाइ कूटपिट गर्ने समूहका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ l पक्राऊ पर्नेमा बाराको कलैया उपमाहानगरपालिका वडा न:-३ भवानीपूरका छोटे मंसूरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l
बाराका प्रहरी प्रवक्ता एवम प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार आरोपित मंसूरलाइ उनको घरबाट नै पक्राऊ गरेइको र बाकी फरार रहेका तिन जनाको खोजी भईरहेको उनले बताएका छन l पक्राउ परेका मन्सुरमाथि कुटपिट मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको समेत प्रहरी प्रवक्ता एवम प्रहरी उपरिक्षक मिश्रले बताए ।
तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक रहेका पत्रकार यादवले कलैयाको भरतचोकस्थित पत्रिकाको कार्यालयबाट काम सकेर घर जाने क्रममा आइतबार बेलुका कलैया पिलुवा सडकखण्डअन्तर्गत अवधापुरमा चार जनाको समूहमा रहेका व्यक्तिले उनलाई कुटपिट गरेक थिए ।
कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति साढे ८ बजे चार जनाले अपशब्द प्रयोग गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको पत्रकार यादवले बताएका छन ।
पत्रकार यादव भने-गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले मेरो ज्यान बचाएको समेत पत्रकार यादवले बताए lटाउकोमा हेलमेटलगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उनको भनाई रहेको छ। यसैबीच पत्रकार यादवमाथि भएको सङ्घातिक घटनाको नेपाल पत्रकार महासंघ बारा, नेपाल प्रेस सङ्गठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।
अन्तिम अपडेट:२०७७/ बैशाख २९ सोमबार