दुई जना कोरोनाभाइरस संक्रमित निको भइ घर फर्किए

५ years अगाडी teraibulletin

दुई जना कोरोनाभाइरस संक्रमित निको भइ घर फर्किए

काठमाडौँ । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन्
कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको हुने संक्रमितको संख्या ३३ पुगेको छ । उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कपिलवस्तुका १० जना पुरुष तथा सप्तरी जिल्लाका एक जना पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १२१ पुगेको छ । यसमध्ये ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ४० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?