साेनमा गाउँपालिकामा ३२ जना स्वास्थ्यकर्मी लाइ मोबाइल बितरन गरियो

५ years अगाडी teraibulletin

साेनमा गाउँपालिकामा ३२ जना स्वास्थ्यकर्मी लाइ मोबाइल बितरन गरियो

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महाेतरीकाे साेनमा गाउँपालिकामा स्वास्थकर्मिहरु लाइ माेबाईल वितरण गरेका छन । साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवले गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मिहरुलाइ एक एक थान माेबाईल दिएका छन ।

साेनमा गाउँपालिका वाडा नम्बर १देखि ८सम्म कार्यरत रहेका सबै स्वास्थ्यकर्मिहरुलाई जम्मा ३२पिस लाभा कम्पिनिकाे माेबाईल र ३२ पिस एन सेल कम्पनिकाे सिमकार्ड बितरण गरिएकाे स्वास्थय संयाेजक शिवशंकर यादवले जनाएका छन । गाउँपालिकामा रहेका अन्य कर्मचारी र जन

प्रतिनिधिहरुलाइसमेत एन सेल कम्पनिका सिमकार्ड दिएका छन ।गाउँपालिकामा अाज जम्मा १००पिस सिम कार्डसमेत वितरण गरेका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन जुन सिमकार्डमा लकडाउनकाे अवधिभरी विशेष छुटकाे व्यवस्था समेत रहेका छन ।
साेनमा गाउँपालिकाले कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा सहज हुनुकाे संगै जनताहरुलाइ सेवादिन सहज हुने उदेश्यले सबै स्वास्थ्यकर्मिहरुलाइ १/१दान माेबाइल र सिमकार्ड वितरण गरिएकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन ।

विशवव्यापी रुपमा फैलिदै गइरहेका काेराेना भाईरस राेकथाममा खटिएका स्वास्थ्यकर्मिहरु गाउँपालिकाबाट माेबाइल र सिम पाउँदा सबैजना खुशिभएका थिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?