वीरगन्ज २९ बैशाख –पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा मृत अवस्थामा एक युवकको शव फेला परेको छ । मृत्यु हुने लंगडी निवासी सुदर्शन तिवारीको ३५ वर्षिय छोरा मुकुल तिवारी हुन । सोमबार बिहान स्थानियहरुले प्रहरीहरुलाई जानकारी गराएपछी घटना स्थलमा ईलाका कार्यालय लंगडी र पोखरियाले घटना स्थलमा पुगी मुचुलका उठाई शवलाई पोस्टमार्टमको लागी नारायणी अस्पता बिरगंजमा पठाईएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीले जनाएका छन ।
मृतक मुकुल तिवारीको श्रीमती, एक जना छोरा र एक जना छोरी रहेको र तिनटै जना भारतमा लकडाउमा परि दुईमहिना देखि माईतेरहेका छन । तिवारीले लंगडी गाउँमा सानो रेडिमेटको पसल थापेर बस्दै आईरहको थियो lलकडाउनको कारण पसल बन्द भएको कारण आर्थिक अवस्था दयनिय हुदै गएको र खानपिनमा समस्या रहेको उता श्रीमती, छोरा छोरी ससुरालीमा नै रहेको कारण सिमा नाकामा आवत जावतमा रोक लगाएको कारण तनावले गर्दा मृत्यु हने अशंका गरिएको छ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २९ सोमबार