फेरि थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या २ सय ८ पुग्यो

५ years अगाडी teraibulletin

फेरि थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या २ सय ८ पुग्यो

काठमाडौं। नेपालमा आजै थप थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दिउँसो यसअघि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?