रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा डिस्चार्ज

५ years अगाडी teraibulletin

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा डिस्चार्ज

काठमाडौं । दुई रिपोर्ट नेगिटिभ आएपछि रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा मंगलबार डिस्चार्ज भएका छन् । शुक्रबार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई मंगलबार साँझ डिस्चार्ज गरिएको हो ।

कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएका संक्रमितलाई डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताएका छन् । उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

ती युवा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा हुन्। उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ३४ पुगेको छ । रुपन्देहीमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमित छन् ।अस्पतालमा रुपन्देही र कपिलवस्तुका २२ जनाको आइसोलेनसमा राखेर उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?