पर्सा ३० बैशाख –पर्सा प्रहरीले पर्सेली संचारकर्मी /पत्रकारमाथी गर्न थालेको ज्यादतिले संचारकर्मी त्रसित भएकोले यस्ता कार्य तत्काल रोकन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी यूनियन पर्साले माग गरेको छ l
बढ्दै गएको बेलामा पनी आफ्नो ज्यानको बाजी लगाएर संकटपूर्ण अवस्थामा आम नेपाली नागरिक आवाज बनेको आम संचार क्षेत्रलाइ बिभिन्न बाहना बाजी गर्दै राज्य नियन्त्रित सरकारी निकायले आक्रमण,दुर्व्याहार,मानसिक यातना,धरपकड,गर्दै आएको हुनाले आम संचारकर्मीहरू यतिबेला त्रसित भएर आन्दोलित भएको समेत ठहर गरेको छ l
हालै गत बैशाख २८ गते आइतबार नारायणी ऍफ़.एमका सहकर्मी एवंम नया पत्रिकाको पर्सा सम्वदाता समेत रहेका पत्रकार तिवारी यादवलाइ समाचार बाचन गरेर कार्यालयबाट बहिर निस्क्दा किन बाहिर आएको भन्दै प्रहरीले कूटपिट गर्दै पक्राऊ गरेको र घण्टासम्म राहनु प्रहरीको रवैया ठीक नभएको नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी यूनियन पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ lपत्रकार यादवले प्रयो गर्दै आएका मोबाइल समेत पर्सा प्रहरीले नदिएकोले संचारकर्मी यादवलाइ सुनियोजित ढंगले फसाउने काम गरिएको समेत जारी गरिएको विज्ञप्तिमा ऊलेख गरिएको छ l
अहिले जिल्ला प्रसाशन कार्यलय पर्साले जारी गरेको ई –पास लिएका संचारकर्मी,तथा स्वास्थ्यकर्मीहरुलाई समेत सवारी चलाउन लगाउनु ठाउ ठाउमा अवरोध सृजना गर्नेगेको पर्सा प्रहरीको यस्तो कार्यलाई नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी यूनियन पर्साले घोर भर्सना गरेको छ lसाथै यस्तो क्रियाकलापले मुस्कान सहितको व्यहारको नारा देखाउने दांत मात्र साबित हुने स्वतन्त्र बिद्यार्थी यूनियन पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ l
पत्रकार तिवारी यादलाइ दुर्व्यवहार गर्ने प्रहरी अधिकारिलाई अबिलम्ब निलम्बन गरी कारवाहीको प्रकृया अघि बढाउन आग्रह गरिएको छ l यथासिघ्र दोषी प्रहरीलाइ छानबिन छानबिन गरी कारवाही गर्न साथै आम जनमानसमा पर्न गएको पर्न गएको प्रहरी प्रतिको नकरात्मक असरलाइ सुधारात्मक कदम चाल्नको लागी अनुरोद्ध गरिएको स्वतन्त्र बिद्यार्थी यूनियन पर्साका संयोजक रामबाबू यादव र सह –संयोजक मित्रदेवले समुक्त रुपमा नै हस्ताक्षर गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ l
अन्तिम अपडेट:२०७७/ बैशाख ३० मंगलबार