काठमाण्डौ । विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् ।
मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।
यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको साँझ सार्वजनिक नतिजाअनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति पुगे संक्रमित ?
मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन्