तीन दिनअघि महेन्द्रनगरबाट काठमाडौं गएकी महिलामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको खोजी हुँदै

५ years अगाडी teraibulletin

तीन दिनअघि महेन्द्रनगरबाट काठमाडौं गएकी महिलामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको खोजी हुँदै

महेन्द्रनगर । काठमाडौंमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी ३३ वर्षीय महिला कञ्चनपुरको महेन्द्रनगरबाट तीन दिनअघि काठमाडौँ थिइन । उनले बताएअनुसार उनी बैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ गएकी थिइन ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र महर्जनका अनुसार संक्रमित महिला तीन दिन अघि मात्रै महेन्द्रनगरबाट काठमाडौँ पुगेकी हुन । ती महिला आफै परीक्षणका लागि पुगेको बताइएको छ। उनी अहिले टेकू अस्पतालको आइसोलेशन वार्डमा छिन ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रशासन कार्यालयले भने संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीका लागि अहिले सम्म जानकारी नआएको जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?