रुपन्देही । रुपन्देहीमा २ दिनमा १५ जना कोरोना संक्रमित भेटिएपछि जिल्लाका सात स्थानीय तहमा आवतजावत बन्द गर्ने निर्णय गरिएको छ ।
भारतसँंग सीमा जोडिएका स्थानीय तजमा आवतजावत बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिनुभयो ।
रुपन्देहीमा जेठ ५ गते सम्मका लागि यस्तो निर्णय गरिएको हो ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र सीमा क्षेत्रका स्थानीय तहका प्रमुखहरुको बैठकले लुम्बिनी सांस्कृितक नगरपालिका, सम्मरीमाई, कोटहीमाई, मर्चवारी, मायादेबी, रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।
रुपन्देहीमा भेटिएका कोरोना संक्रमित सबै सिमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रका रहेका छन् । रुपन्देहीमा कोरोना संक्रमित १६ मध्ये १ जना निको भएर मंगलबार बेलुका बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका छन् । (उज्यालो अनलाइन)