पर्सा,३१ बैशाख –हिजो (मंगलबार) पर्सामा संचारकर्मीमा समेत नोबेल कोरोना भाइरस अर्थात कोरोना भाइरस देखिए पछि l उनिहरुको सम्पर्कमा आएका अरु पत्रकारहरुलाई आज (बुद्धबार) कोरोना परिक्षणको लागी बीरगंजको नारायणी अस्पतालमा स्वाब संकलन हुदैछ l
वीरगञ्जमा २ जना पत्रकारमा कोरोना संक्रमण भेटिएपछि आज सबै पत्रकारहरुको स्वाब संकलन गर्न लागिएको नारायणी अस्पतालले जनाएको छ । पत्रकारहरुले आफै गएर आफ्नो स्वाब संकलन गराउन थालेका छन lसंक्रमितको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गर्नको लागी स्वाब संकलन हूँन थालिएको छ ।
केही बेर अघि मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालमा पत्रकारहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको नारायणी अस्पतालका मेसू डा.मदन उपाध्यले बताए । नारायणी अस्पतालमा स्वाब परिक्षणका लागि हाल अधिकांश पर्सेली पत्रकार तथा सञ्चारकर्मी पुगेको उनले बताए ।
अन्तिम अपडेट:२०७७/ बैशाख ३१ बूद्धबार