जवरजस्ती करणी आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ

५ years अगाडी teraibulletin

जवरजस्ती करणी आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ

काठमाण्डौ। बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । झापाकी एक २८ वर्षीया महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका ती डाक्टर पक्राउ परेका हुन् ।

झापाकी एक २८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीको आधारमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट ३५ वर्षीय डा। राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

 

झापा घर भई जनकपुर बस्दै आएकी महिलाले आफुलाई पटक–पटक जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि डा। मण्डललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पीडित महिलाले गएको बैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिइन् । सोहि दिन डाक्टर मण्डललाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?