नारायणी अस्पताललाइ जनरल बनाउन मन्त्रीपरिषदको निर्णय बमोजिम मन्त्रालयबाट पत्र आयो

५ years अगाडी teraibulletin

नारायणी अस्पताललाइ जनरल बनाउन मन्त्रीपरिषदको निर्णय बमोजिम मन्त्रालयबाट पत्र आयो

वीरगञ्ज ३१ बैशाख –मध्यतराईको जनताको स्वास्थ्य सेवमा समस्या हुन थालेपछि मन्त्रीपरिषदको निर्णय अनुसार नारायणी अस्पताललाइ कोभिडबाट जनरलको रुपमा संचाल गर्ने भएको छ l हिजो (मंगलबार) बसेको मन्त्रीपरिषदको बैठकले आम सर्वसाधारणको उपचारमा समस्या पर्न गएकोले नारायणी अस्पतालका नियमित सेवाहरु सुचारु गर्न निर्देशन दिएको छ ।

मन्त्रीपरिषदको  निर्णय अनुसार नारायणी अस्पतालमा हाल उपचाररत रहेको कोरोना संक्रमितहरुको डिस्चार्ज पश्चात जिल्लामा तोकिएको अन्य अस्पताललाई कोरोना अस्पतालका रुपमा रुपान्तरण गर्नेछ । पर्साको बीरगंज स्थित रहेको नारायणी अस्पतालका नाममा ६ बुँदे पत्र लेख्दै स्वास्थ्य मन्त्रालयले जिल्लामा अन्य अस्पताललाई कोभिड अस्पतालका रुपमा छनौट गर्दा मन्त्रालयले तोकेको मापदण्ड पुरा हुनुपर्ने निर्देशन दिदै बह्नेको छ ।

त्यस्तै आर्थिक दायित्व बाहेक जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको दायित्व नारायणी अस्पतालले निर्वाह गर्नुपर्छ भने कोभिड अस्पतालको सम्पुर्ण आर्थिक तथा भौतिक दायित्व भने वीरगञ्ज महानगरपालिको निर्वाह गर्नुपर्ने मन्त्रालयले प्रकाशन गएको पत्रमा उल्लेख गरिएको छ ।

तर, नारायणीमा हाल उपचाररत रहेका कोरोनाका बिरामीहरु डिस्चार्ज भएपछि मात्रै नियमित स्वास्थ्य सेवाहरु सञ्चालन हुने मन्त्रालयले प्रष्ट्याएको छ ।आम सर्वसाधारणको उपचारमा गम्भीर प्रभाव पर्न थालेपछि कोभिड अस्पताललाई अन्तै सार्न र नारायणी अस्पतालका सम्पुर्ण सेवाहरु सुचारु गर्न जनस्तरबाट दबाब पर्न थालेको थियो ।

अन्तिम अपडेट:२०७७/ बैशाख ३१ बूद्धबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?