अवैध लागूऔषध गाँजा १३ किलो ५०० ग्रामसहित बाराबाट दुइजना पक्राउ

५ years अगाडी teraibulletin

अवैध लागूऔषध गाँजा १३ किलो ५०० ग्रामसहित बाराबाट दुइजना पक्राउ

पर्सा,३१ बैशाख –कोरोनाको कहरले मुलुक नै लकडाउन भएको बेला मौक़ा छोपी लागूऔषध गाँजाको तस्करी गर्ने दुई जनालाइ बारा प्रहरीले पक्राउ गरेको छ l लागू औषध गाँजाको तस्करी हुदैछ भने आएको गोप्य सुराकिको आधारमा आज (बुद्धबार) दिउसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय निजगढ़बाट खटेको प्रहरीको टोलीले पक्राऊ गरेको छ l

इलाका प्रहरी कार्यालय निजगढ़को प्रहरी निरीक्षक बिकास थपलियाको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाराको स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डमा सवारी साधनलाइ चेक जाच गर्ने क्रममा बा ३३ प ७८७७ नम्बरको पल्सर मोटरसाईकल सहित निजगढ नगरपालिका वडा नं.१२ रामथली बस्ने वर्ष २६ को सागर लामा र सोही मोटरसाईकलको पछाडी सवार रहेका त्यही ठाउ बस्ने वर्ष ४० को कृष्ण लामालाइ अवैध लागू औषध गाँजा १३ किलो ५०० ग्राम सहित पक्राऊ गरिएको जिल्ला परही कार्यलय बाराले जनाएको छ l

दुई जनाको बिचमा राखेको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान भई रहेको ।

अन्तिम अपडेट:२०७७/ बैशाख ३१ बूद्धबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?