कोरोनाविरुद्धको भ्याक्सिन सबै मान्छेसम्म पुग्न अझै दुई वर्ष भन्दा बढी लाग्ने

५ years अगाडी teraibulletin

कोरोनाविरुद्धको भ्याक्सिन सबै मान्छेसम्म पुग्न अझै दुई वर्ष भन्दा बढी लाग्ने

 

काठमाण्डौ, एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ कोरोनाका विशेष दूत डेभिड नाबरोले कोरोना भाइरसविरुद्धको खोप विश्वको सम्पूर्ण जनसंख्यामा पुग्न साढे दुई वर्ष लाग्न सक्ने बताएका हुन् ।

जेनेभामा डब्ल्यूएचओको मुख्यालयबाट बीबीसीसंग एक खास अन्तर्वार्तामा नोबारोले एक सुरक्षित र प्रभावकारी भ्याक्सिन विकास गर्न लागि कमसे कम १८ महिनाको समय लाग्न सक्ने बताएका थिए ।

विश्वमा धेरै भ्याक्सिनको आवश्यक रहेको नोबारोले बताए । उनले त्यसपछि खोप उत्पादन गर्न र विश्वको ७।८ अर्ब जनसंख्यालाई प्रदान गर्न अर्को बर्ष लाग्ने जनाए ।

नोबोरा लण्डनको इम्पेरियल कलेजमा ग्लोबल हेल्थको प्रोफेसर पनि हुन् । उनी भन्छन् कि व्यक्तिहरूले बुझ्नुपर्दछ कि केहि भाइरसहरू छन् जसका लागि गत धेरै वर्षदेखि कुनै सुरक्षित खोप बनाइएको छैन।

प्रोफेसर नोबोराले लकडाउनलाई पूर्णतया कार्यान्वयन गर्ने साहसी कदम चालेको भारतको प्रशंसा गरे। उनले भने कि यदि यो नगरिएको खण्डमा भाइरसलाई बढी भीडभाड भएको ठाउँमा फैलाउन रोक्न गाह्रो हुन सक्छ।

तर, उनले यो पनि चेतावनी दिए कि भारत, विशेष गरी सघन जनसंख्या, मुम्बई, चेन्नई, कोलकाता र दिल्लीसहित, सामाजिक दूरी र आइसोलेसनलाई लामो समयसम्म निरन्तरता दिन आवश्यक छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?