काठमाडौं । नेपालमा बुधबार साँझको अपडेटअनुसार थप २४ जना संक्रमित फेला परेका छन । यो संगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
बुधबार साँझ थपिएकामा रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका ३ जना र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरमणी अधिकारीले जानकारी दिएका छन ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । मंगलबार एकैदिन ८३ जना संक्रमित भेटिएका थिए । मंगलबार दिउँसोसम्म ५७ जना नयाँ संक्रमित भेटिएका थिए भने साँझ पुनः २६ जना संक्रमित भेटिएका थिए ।