दशगजामा अलपत्र परेका पाँच सय १० जना नेपालीलाई उद्धार गरेर रुपन्देही ल्याइयो

५ years अगाडी teraibulletin

दशगजामा अलपत्र परेका पाँच सय १० जना नेपालीलाई उद्धार गरेर रुपन्देही ल्याइयो

बुटवल । भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी रुपन्देही ल्याइएको छ ।

भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको हो ।

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा स्वदेश ल्याइएका उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने छन् ।

नौतनवामा अझै १५ सय जनाभन्दा बढी नेपाली रहेका र तीमध्ये २१ दिन क्वारेन्टाइन बसाइँ पूरा गरेका नौ सय ६९ जनालाई भोलि (बिहीबार) रुपन्देही भित्र्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । (अनलाइन खबर)

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?