काठमाण्डौ ।कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ ।
उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।
उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।
स्रोतले भन्यो, ‘उहाँहरु कोरोना संक्रमितको स्वाब संकलन लगायतका प्रक्रियामा खटिनु भएको थियो ।’
मंगलबार कपिलवस्तुकी एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।
योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ । यसैगरी प्रदेश नम्बर ५ मै रुपन्देहीमा ३९, बाँकेमा २५ तथा बर्दिया र पश्चिम नवलपरासीमा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।