धर्मेन्द्र कुमार यादव- धनुषा,
नेपाल लगायत प्रदेश नं. २ मा व्यापक रुपमा कोरोनाको पोजेटिभ भेटाउन थालेपछि धनुषाधाम नगरपालिकाले २ दिनको लागी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रदेश नं. २ को विभिन्न जिल्ला सहित धनुषामा समेत लगातार कोरोना भाइरस सँक्रमित व्यक्तिहरु फेला परेपछी जेष्ठ १ र २ गतेका दिन कार्यालय बन्द गर्ने र ४ गते आईतबार देखि पुनः विधिवत रुपमा कार्यालय सँचालन हुने कुराको निर्णय गरेको भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार बढदै गएको सँक्रमणलाई ध्यानमा राखी सोही अनुसार कार्यालय व्यवस्थापनको लागि यो निर्णय गरिएको हो । कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरुलाई सुरक्षासाथ व्यवस्थापन गर्नको लागि पनि २ दिन कार्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।