धनगढी । काठमाडौंमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी कञ्चनपुरको बेदकोट नगरपालिकाकी ३३ बर्षीय महिला बसेको कैलालीको अत्तरियास्थित विजयनगर टोललाई सील गरिएको छ ।
उनी गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाको सशस्त्र बाहीनी अगाडीको घरमा करिब २ घण्टा बसेको खुलेपछि उक्त क्षेत्रलाई सील गरिएको हो । सशस्त्र प्रहरीबाट अवकास पाईसकेकी ती महिलाले यसअघि अत्तरियामै रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा समेत काम गरेकी थिएन् ।
२९ गते काठमाडौं गएकी महिलाले चिकित्सकसंग परामर्श लिएर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । यससँगै उनी गएको ठाउँ र बसेको बासस्थान सबैतिर त्रास फैलिएको छ । उनी बसेको घर लगायत उनको घर वरिपरिका ७० जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको छ ।