५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो

५ years अगाडी teraibulletin

५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो

काठमाण्डौ ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?