काठमाण्डौ ।बिहीबार बिहान सर्लाही, धनुषा र महोत्तरीमा पनि ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्सामा हालसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसपछि प्रदेश ५ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन्