काठमाण्डौ ।अहिलेसम्म १६ लाख ५८ हजार ९९५ जना उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख२९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये २ लाख ९८ हजार १ सय ७४जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ ।
अमेरिकामा सङ्क्रमितको संख्या १४ लाख ३० हजार पुगेको छ । अमेरिका पछि युरोपेली देश स्पेनमा सङ्क्रमण धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख ७१ हजार भन्दा धेरैसङ्क्रमित छन् । स्पेनमा २७ हजार १ सय ४ जनाको ज्यान गएको छ ।
स्पेनमा सबैभन्दा वृद्ध ठानिएकी १ सय १३ वर्षकी ब्रानयास सङ्क्रमणबाट निको हुनुभएको छ । ब्रानयासले आफूलाई केयर होमका कर्मचारीले निकै माया गरेको र आत्मबलले निको भएको बताउनुभएको छ । वर्ल्डओमिटरका अनुसार रुसमा २ लाख ४२ हजारसङ्क्रमित छन् भने २ हजार २ सय १२ जनाको ज्यान गएको छ ।
यस्तै भारतमा सङ्क्रमित हुनेको संख्या ७८ हजार नाघेको छ । भारतमा २५ सय ५१ जनाले ज्यान गुमाएका छन् ।