चमेरोबाटै कोभिड–१९ को सुरुवात भएको हुनसक्ने हङकङमा गरिएको अध्ययनको निष्कर्ष

५ years अगाडी teraibulletin

चमेरोबाटै कोभिड–१९ को सुरुवात भएको हुनसक्ने हङकङमा गरिएको अध्ययनको निष्कर्ष

काठमाण्डौ । कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोनाभाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ ।

विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह ल्याबमा तयार पारेका थिए । अनुसन्धानकर्ताहरुले सार्स–कोभ–टु लाई उक्त कोषिकामा सजिलै कोरोनाभाइरस संक्रमित गराउन सफल भएका थिए । यस्ता प्रजातिका चमेरो चीन, भारत, नेपाल, भियतनामलगायतमा पाइन्छ ।

यसअघि, एक्युट रेस्पिरेटरी सिन्ड्रोम सार्स को भाइरस पनि चमेरोकै प्रजातिले बोक्ने गरेको पत्ता लागेको थियो । उक्त भाइरस नोबेल कोरोनाभाइरससँग मिल्दोजुल्दो छ । अनुसन्धानको नेतृत्व गरेका डा युएन क्वोक युङ भन्छन्, ‘सार्स–कोभ–टु को मूल ‘होस्ट’ चिनियाँ ‘हर्ससू’ चमेरो हुनसक्छ ।’ तर, यो यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको युएन बताउँछन् ।
यो अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल ‘नेचर मेडिसिन’मा बुधबार प्रकाशित भएको हो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?