स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्यायो,संक्रमितको संख्या २ सय ४५ नै

५ years अगाडी teraibulletin

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्यायो,संक्रमितको संख्या २ सय ४५ नै

काठमाण्डौ ।स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।

मन्त्रालयले बिहीबार बिहान गरेको नयाँ अपडेटअनुसार कुल २ सय ५० जना संक्रमित भएको जनाएकोमा यी २ सय ५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?