महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषध ओसारपसारमा संलग्न दुई जनालाई प्रहरी पक्राउ गरेको छ । सशस्त्र प्रहरीले महेन्द्रनगर बजार क्षेत्रबाट ३० ग्राम चरेश सहित भीमदत्त नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरसिह शाहुले भीमदत्त नगरपालिका ७ हल्दुखालका पुष्कर कुँवर र गणेश कुँवरलाई पक्राउ गरिएको बताए ।
शंकाका आधारमा मोटरसाईकल चेक गर्दा उनीहरुलाई चरेश सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक शाहुले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाईएको छ ।