धनगढी । सुदूरपश्चिमका दुई जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । बैतडी र बझाङ जिल्लाका एक/एक जनामा र्यापिड टेस्टमा एन्टिबडी देखाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० वर्षीय पुरुषको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए । गत बैशाख १८ गते भारतको धार्चुला नाकाबाट स्वदेश भित्रिएका डिलाशैनी गाउँपालिका १ का ती पुरुषको आरडीटी गर्दा रिपोट पोजेटिभ आएको हो ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएका पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्नका लागि ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आरडीटी पोजेटिभ देखिएका पुरुषको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढी पठाइने उनले बताए ।
उता बझाङमा एक जनामा दुई पटक आरडिटी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । बैशाख १८ गते भारतको झुलाघाटबाट बझाङ आएका वित्थडचिर गाउँपालिकाका एक जनामा आरडिटी पोजेटिभ देखिएको हो।
जिल्ला अस्पताल सिमखेतका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले ति व्यक्तिको स्वाब संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाईएको जानकारी दिए । डा. खड्काका अनुसार उनको नमुना स्बावको रिर्पोट आएपछि मात्रै कोरोना भए नभएको यकिन हुनेछ । आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव संकलन परीक्षणका धनगढी पठाईएको डाक्टर खड्काले बताए । (दिनेशखबर)