धनुषामा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु, तीनजना घाइते

५ years अगाडी teraibulletin

धनुषामा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु, तीनजना घाइते

जनकपुर । धनुषामा ट्रकको ठक्करबाट एक जना स्टाप नर्सको मृत्यु भएको छ ।

बिहिबार मिथिला नगरपालिका वडा नम्बर ४ स्थित पुष्पवलपुर स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेकी २२ वर्षिय चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

दिउँसो करिब ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा५२प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते उनलाई प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका स्थित जमुनिया बस्ने २० वर्षिय मोटरसाइकल चाकल सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ भने ट्रक चाकल र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?