नदीमा डुबेर एक बालिका बेपत्ता

५ years अगाडी teraibulletin

नदीमा डुबेर एक बालिका बेपत्ता

काठमाण्डौ । तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालिका बेपत्ता भएका छन ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ जखिन्टारमा पौडी खेल्ने क्रममा नदीमा डुबेर ओखलढुंगाका अन्दाजी १२ वर्षीय रोशीका तामाङ बेपत्ता भएकी हुन ।

ओखलढुङा घर भइ रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ जखिन्टारमा रहेकी ठूली आमाको घरमा आएको थिइन ।

तामाङ साथीहरुसंग नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलले बताउनु भयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?