Breaking-News:-नेपालमा थप ९ जना कोरोना संक्रमित फेला:संक्रमितको संख्या २५८ पुग्यो

५ years अगाडी teraibulletin

Breaking-News:-नेपालमा थप ९ जना कोरोना संक्रमित फेला:संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौँ २ जेठ –नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को नेपालमा थप ९ संक्रमित फेला परेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो।

उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन् ।उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

अन्तिम अपडेट २०७७ /जेठ /२ गते

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?