अमेरिकामा ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि आवेदन

५ years अगाडी teraibulletin

अमेरिकामा ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि आवेदन

काठमाण्डौ । एजेन्सी, अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्।

पछिल्लो दुई महिनामा यति धेरै मानिसले फाराम भरेको जनाइएको छ।

उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन्।

बेरोजगार भत्ताको दावी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यवसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि अहिले लाखौँ मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले बिहीबार जनाएको छ।

यति धेरै मानिस एकैचोटी रोजगारविहिन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले जनाएका छन्।

बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केही राज्यका कतिपयले भने अहिले पनि त्यो राहत प्राप्त गर्न निकै कठिनाइ भइरहेको बताएका छन्।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?