नेपालगन्ज । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका ८ जना र मकवानपुरका १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ ।