काठमाडौँ । आर्थिक वर्ष २०७७र७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज ९ शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।
शुक्रबार अपराह्न ४ः०० बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यसवर्षको नीति तथा कार्यक्रम कोरोना महामारीपछिको अर्थतन्त्र पुनरत्थानमामा केन्द्रित रहेको बताइएको छ ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित रहेको अर्थ मन्त्रालय श्रोतले बताएको छ ।
कोरोना महामारीपछिको अर्थतन्त्र उकास्नका लागि कृषि र स्वास्थ्यमा विशेष जोड दिइएको हो । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई कृषिमा लगाएर उनीहरुलाई रोजगार उन्मुख बनाउने नीति सरकारले लिएको छ ।
यसका साथै अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आर्थिक वर्षको कार्यक्रममा समेत समेटिने अनुमान गरिएको छ ।
संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ।