धनगढी । कैलालीपारी भारतीय सीमावर्ती क्षेत्रमा राखिएका चार सय ७२ जनालाई शुक्रवार स्वदेश ल्याईने भएको छ । गृह मन्त्रालयको आदेशपछि झण्डै ४६ दिनदेखि क्वारेन्टाईनमा राखिएका उनीहरुलाई स्वदेश ल्याइन लागिएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उनीहरुलाई स्वदेश फर्काउने तयारी भईरहेको जानकारी दिए । उनीहरुको स्वास्थ्य परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाईने बोहराले बताए ।
प्रशासनका अनुसार सीमापारि कैलाली, कञ्चनपुर सहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नागरिक रहेका छन् । उनीहरुले स्वदेश फर्किएर सम्बन्धित स्थानीय तहले स्थापना गरेको क्वारेन्टाईनमा बस्नुपर्नेछ । (दिनेशखबर)