काठमाडौं । सरकारले कोरोनाभाइरसका कारण विकासको आकांक्षा र गतिमा धक्का पुगेको निष्कर्ष निकालेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।
‘कोरोनाअघिसम्म आर्थिक वृद्धि दोहोरो अंक थियो । यी उपलब्धीमा आधारित भएर सरकार अघि बढेको बेला महामारीको चपेटामा परिएको छ । जुन लक्ष्यका साथ अघि बढ्न खोजिएको थियो । विकासको आकांक्षा र गतिमा धक्का पुगेको छ’, राष्ट्रपतिले भनिन् ।
महामारीका कारण सरकारको प्राथमिकता बदलिएको भन्दै राष्ट्रपतिले भनिन्, ‘अब हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थान हुनेछ ।’