धर्मेन्द्र कुमार यादव- महोत्तरी,
मोहत्तरी जिल्लाको साम्सी गाउँपालिका कार्यालया स्थानियहरुले राहत नदिएकाे भन्दै नारा जुलुस लगाई प्रदर्शन गरेको छन ।
५३ दिन लक डाउनकाे समय वितिसक्दा पनि सम्सि गाउँपालिकामा राहत वितरण नगरेका कारन शुक्रवार जनता समाजवादी पार्टीको गाउँपालिका संयाेजक कैलाश यादवकाे नेतृत्वमा स्थानियहरु १ घणटा नाराबाजि गरेर गाउँपालिका कार्यालय घेराउ गरेका थिए।
लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएकाेले गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले यस भन्दा पहिला पनि दुई चाेटी ताला बन्दी गरेका थिए। यस भन्दा पहिला गाउँपालिकामा लगाइएकाे तल्ला सम्सि प्रहरी चाैकी , सम्सि गाउँपालिका अध्यक्ष शेख फारुख र स्थानियहरुकाे बैठकपछि पाँचदिन भित्रमा सबै वाडाहरुमा राहत वितरण गरिने प्रतिबद्धता दिएपछि सहमतिमै तालचाे खाेलेका थिए तर एक हप्ता वितीसक्दा पनि राहत बाडिने कुनै अास देखिएन। त्यस पछी दाेस्राे पटक समेत स्थानियहरु नाराबाजि गरिदै गाउँपालिकाकाे मुल गेटमै ताल्चाे लगाईएकाे थियाे।
राहत वितरण सम्बन्धि कुनै कुरा नगरी गाउँपालिकाले बल प्रयाेग गरि तल्ला ताेडिएका थिए। गाउँपालिका अध्यक्ष शेख फारुख र प्रमुख प्रशासकिय अधिकृत दुबैजनाकाे एक अर्काप्रतिकाे अारेप प्रतिअाराेप लगाईरहेका बेला स्थानिय जनताहरु दिन रातकाे लागि पटक पटक नरा जुलुस लगाएपनि राहत पाउन सकेका छैन । प्रमुख प्रशासकिय अधिकृतले अनमितता गरेकाे भन्दै अध्यक्ष शेख फारुखले अख्तियारमा मुदा समेत दिएकाे छ ।
जनता समाज वादीका कार्यकर्ताहरु सम्सी स्मारक चाैक देखि नाराजुलुस गरिदै गाउँपालिकाकाे कार्यालयकाे मुलगेट घेराउ गरिदै सम्सि गाउँपालिकाकाे जनप्रतिनिधिहरु कमिसन खाेरिमा लागेकाे अाराेप लगाएका छन । उनिहरु अहिलेसम्म विभिन्न शीर्षकमा निकासा गरेकाे रकमकाे पार्दशिता गर्न लगायतकाे माग उपाध्यक्ष नगिना देवि यादवसंग गरेका छन ।गाउँपालिका घेराउ गर्दा जनता समाजवादी पार्टीको संघिय परिसद सदस्य दिपक झा गुडु,प्रदेश कमिटी सदस्य राजिव यादव,भुपु गाविस अध्यक्ष अनबारुल हक,समाजवादि युवाके सम्सि अध्यक्ष विजय यादव लगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।
वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन भन्दा बडि बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरि भाेलिसम्म राहत नदिएपछि अाईतबारकाे ताल्ला लगाउने चेताबनि समेत दिएका छन ।
गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडाहरुलाइ बजेट पठाएको महिनाै दिन पुगेपनि अहिलेसम्म धेरै वाडाले केही गर्न सकेका छैन ।