काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो सीमाको रक्षाको लागि दृढ रहेको बताउनुभएको छ ।
शुक्रबार संघीय संसदमा सरकारको आगामी आर्थिक बर्ष ०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग भएको स्पष्ट पार्नु भएको छ ।
उहाँले नेपालको सबै भूभाग समेटेर नयाँ नक्सा चाँडै सार्वजनिक गरिने दृढता व्यक्त गर्दै लिपुलेकमा देखिएको समस्या भारतसंग वार्ताको मार्फत हल गरिने पनि बताउनुभयो ।