वीरगन्ज ३ जेठ –वीरगन्जको गण्डक अस्पतालका सञ्चालकले अस्पताल सरकारलाई दिने निर्णय गरेको छ। शुक्रबार वीरगन्ज महानगरपालिका लाई पत्र लेख्दै कोभिड-१९ उपचारका लागि जिम्मा दिने निर्णय गरेको हो । पर्सामा कोभिड-१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा संक्रमितलाई राख्ने बेडको अभाव भइरहेको छ।
अस्पतालमा कोरोना संक्रमितलाई राखेका कारण अस्पतालका अन्य सेवा अवरुद्ध भई अन्य रोगका बिरामी उपचारबाट बञ्चित भइरहेका छन्।यस कारण वीरगन्जमा अर्काे कुनै अस्पताललाई कोभिड-१९ उपचार केन्द्र बनाउने र नारायणी अस्पतालका अन्य सेवा सुचारु गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो।सोही निर्णय बमोजिम वीरगन्ज महानगरले कोभिड-१९ उपचारका लागि अस्थायी रुपमा अस्पताल उपलब्ध गराउन तयार निजी अस्पताललाई ३ दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो।
अन्तिम अपडेट २०२०/जेठ /३ गते