धर्मेन्द्र कुमार यादव-महोत्तरी,
समाजिक सदभाव र समाजिक कार्य गर्ने उदेश्यले महोत्तरीको धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय स्थलमा सरसफाइ गर्ने गरेको पौरानिक परपरा रहेको छ।
बिश्वव्यापी रुपमा फैलीरहेको कोरोना भाइरस लगायत मासिक रुपमा प्रत्येक महिनाको पहिलो शनिवारका दिन सरसफाइ गर्ने घोषना गरे अनुसार यस जेष्ठ महिनामा पुन महोत्तरी समाज उत्थान संस्थाले समाजिक दुरी कायम राखी महोत्तरीको सोनमा गाउपलिका वडा.नं.६ मंगल नाथ महादेव मन्दिरमा सरसफाइ गरेको छ। मन्दीरमा रहेका तीन ओटै मन्दीर लाई पानीले पुर्न रुपले सरसफाइ गरी चारै तिर रहेका घाँस पातलाई समेत उखाली सरसफाइ गरिएको छ।
महोत्तरी समाज उत्थान संस्थाको अगुवाइमा गरिएको सरसफाई कार्यक्रममा HYCC हरिपुर्वा का युवा लगायत शिक्षक अरुन कुमार यादव, संजय महतो, अजय साह, बृजेश ठाकुर, रबिन यादव, महोत्तरी टुडे अनलाइन, तराइ खाबर आनलाइन लगायत अन्य संघ संस्थाको सहकार्यमा सरसफाइ गरिएको थियो ।