कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३

५ years अगाडी teraibulletin

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३

 काठमाण्डौ ।कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले यो जानकारी दिएका हुन्। हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन्।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ। गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?