काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ ।
धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजेटिभ भएरनभएको यकिन भएको छैन ।
ती महिला सिन्धुपाल्चोककी बासिन्दा रहेको खुलेको छ । अस्पतालले केही बेरमा विस्तृत जानकारी गराउने बताएको छ । उनको मृत्युलगत्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यतिबेला कोरोना नियन्त्रण कमाण्ड पोष्टको आकस्मिक बैठक सिडिओ कार्यालयमा बसिरहेको छ ।